सिलगढीमा प्राथमिक शिक्षकहरूद्वारा राज्य सरकारको विरोधमा र्‍याली

सिलगढी : सिलगढीमा आज प्राथमिक शिक्षक समितिद्वारा राज्य सरकारविरुद्ध एउटा विरोध र्‍यालीको आयोजना गर्यो। उक्त र्‍याली सिलगढीको बाघाजतिन पार्कबाट शुरू भएर विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा पुनः बाघाजतिन पार्कमा पुगेर समापन गरियो। उक्त र्‍यालीको मुख्य उद्देश्य गत मंगलबार कोलकाताको विकास भवनमा प्राथमिक शिक्षकहरूद्वारा विभिन्न मागहरूलाई लिएर शिक्षा मन्त्री पार्थ च्याटर्जीसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाउन गएका थिए। तर ज्ञापन पत्र सुम्पिन अगावै कोलकाता पुलिसले 2 हजार प्राथमिक  शिक्षकहरूलाई पक्राउ गरेको बताइएको छ। यसैको विरोधमा आज सिलगढीमा प्राथमिक शिक्षकहरूले विरोध र्‍याली निकालेको प्राथमिक शिक्षक समितिका सदस्य तीर्थङ्कर चक्रवर्तीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *