सिलगढीमा प्रतिबन्धित पटेकासहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा भक्ति नगर थाना पुलिसले सादा पोशाकमा गत अबेर राति 42 नम्बर वार्ड भूपेन्द्र नगर इलाकामा अभियान चलाएर अवैध रूपमा दोकानमा प्रतिबन्धित पटेका बिक्री गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हरिमाधव साहको रूपमा चिन्हित गरिएको छ।


पुलिसले उक्त दोकानबाट 22 प्रकारको प्रतिबन्धित पटेका जफत गरेको छ। जफत गरेको उक्त पटेकाको अनुमानित बजार मूल्य 70 देखि 80 हजार रुपियाँ रहेको बताइएको छ। भक्ति नगर थानाले आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै मामिलाको छानबीन शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *