सिलगढीमा प्रतिबन्धित प्लास्टिकको क्यारी ब्यागको प्रयोगविरुद्ध नगरनिगमको अभियान

सिलगढी : सिलगढी सहरमा प्रतिबन्धित प्लास्टिकको क्यारी ब्याग प्रयोग गरिरहेकोले सिलगढी नगरनिगमले आज अभियान शुरू गरेको छ। आज सिलगढीको विधान मार्केटमा अभियान चलाएर केही केजी प्रतिबन्धित प्लास्टिकको क्यारी ब्याग उद्धार गरेको छ। सिलगढी नगरनिगमका चेयरम्यान गौतम देव, रञ्जन सरकारको नेतृत्वमा सिलगढी विधान मार्केटको माछा, फल र सब्जी बजारमा अभियान चलाएर धेरै संख्यामा प्लास्टिकको क्यारी ब्याग उद्धार गरेको छ। तथापि, दोकानेहरूलाई कुनै जरिमाना नलगाए तापनि सबैलाई सतर्क गराइएको छ। यस अवसरमा गौतम देवले भने, सहरको परिवेश बचाउन प्लास्टिकको क्यारी ब्याग विरुद्ध आफूहरूद्वारा अभियान चलाइनेछ। हाल कसैलाई जरिमाना लिएको छैन तर प्लास्टिकको क्यारी ब्यागको प्रयोग नगर्नेबारे सबैलाई दोकानेहरूलाई सतर्क गराइएको तिनले बताए। बाहिरबाट सिलगढी सहरमा प्लास्टिकको क्यारी ब्याग नल्याइयोस् भन्नेबारे नजरदारी गरिने तिनले बताए। यसैगरी, रञ्जन सरकारले सिलगढी सहरको विभिन्न बजारहरूमा अभियान चलाइने साथै सहरमा प्लास्टिकको क्यारी ब्यागको प्रयोग पूर्ण रूपमा बन्द गर्ने बताए। उक्त अभियान अवधि सिलगढी विधान मार्केटको केही दसकर्मा भण्डारबाट धेरै मात्रामा प्लास्टिकको क्यारी ब्याग उद्धार गरेको छ भने ती दोकानेहरूलाई नोटिस पठाएर सिलगढी नगरनिगमा बोलाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *