सिलगढीमा प्रतिबन्धित पटेकाहरू सहित एकजना पक्राउ

खरसाङ (निसं) : दिपावलीलाई ध्यानमा राखेर हाल सिलगढीको विभिन्न ठाउँहरूको दोकानमा प्रतिबन्धित पटेकाहरू बिक्री भइरहेकोले गर्दा तिनीहरू विरूद्ध सिलगढी मेट्रोपलिटन पुलिसले लगातार कार्वाही गरिरहेको छ। यसैक्रममा सिलगढी पुलिसले प्रतिबन्धित पटेकाहरू सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी दिव्यजीत करको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पुलिसले सिलगढीको निवेदिता मार्केटमा अभियान चलाएर 120 पेटी प्रतिबन्धित पटेकाहरू उद्धार गरेपछि दिव्यजीतलाई पनि पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *