सिलगढीमा प्रेमीसित झगडा भएपछि 19 वर्षीय युवतीले गरिन् आत्महत्या

सिलगढी (निसं): प्रेमीसित विवाद भएपछि प्रेमिकाले घाँटीमा फाँसी लगाएर आत्महत्या गरे। यो सनसनीपूर्ण घटना आज बिहान सिलगढी नगर निगमको 23 नम्बर वार्ड अन्तर्गत डाबग्राममा घटेको बताइएको छ। जानकारी अनुसार डाबग्राम निवासी तनुश्री राय (19) उर्फ दीयाको आशीघर संलग्न हातियाडांगा निवासी चन्द्र साहा नामक एकजना युवकसित प्रेम सम्बन्ध थियो। परिवारले तिनीहरूको प्रेमलाई स्वीकार गरेको थियो। तर गत केही दिनदेखि दुईजना बीच विवाद भइरहेको थियो। आज बिहान परिवारका सदस्यहरू आ-आफ्नो काममा गएपछि युवतीले आफ्नै घाँटीमा फाँसी लगाएर आत्महत्या गरे। पछि परिवारका सदस्यहरू घरमा आएपछि युवतीलाई धेरैपल्ट बोलाए, तर तिनीबाट कुनै जवाब आएन। यसपछि परिवारका सदस्यहरूले दैलो भत्काएर घरभित्र पसेर हेर्दा झुन्डिए अवस्थामा युवतीको शव देखे। घटना पछि स्थानीय पार्षद अनि सिलगढी पुलिसलाई परिवारका सदस्यहरूले यसबारे सूचना दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर युवतीको शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। मृतक युवतीको आमाले भनिन्, गत दुई दिनदेखि तिनीहरू दुईजना माझ झगड़ा भइरहेको थियो। तर अचानक आज के भयो मलाई अच्चम लागिरहेको छ। म युवकलाई सजाय दिनु पर्ने मांग गर्दछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *