सिलगढीमा पुजा गाइड म्याप 2020-को विमोचन

सिलगढी : सिलगढीमा एउटा कार्यक्रमको माध्यमद्वारा दुर्गापुजा गाइड म्याप 2020-को आज राज्यका पर्यटन मन्त्री गौतम देवले विमोचन गरे। प्रत्येक वर्षझैँ यस वर्ष पनि पश्चिम बंगाल पर्यटन विभाग तथा सिलगढी पुलिस कमिश्नरेटको संयुक्त पहलमा पुजा गाइड म्याप 2020-को विमोचन गरियो। आज सिलगढीको गाँधी मोड़ अर्थात् एयरभ्यु मोड़ अघि आयोजित एउटा कार्यक्रमबीच मन्त्री गौतम देवले दुर्गा पुजा गाइड म्यापको विमोचन गरे। पुजा गाइड म्यापको विमोचन अवधि मन्त्री देवले साधारण मानिसहरूलाई कोरोनाको नियमहरू पालन गर्ने अनुरोध गरे। दुर्गा पुजा अवधि सिलगढी सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाउने कार्यक्रममा उपस्थित पुलिस अधिकारीहरूले बताए। यस अवसरमा सिलगढी मेट्रोपलिटन पुलिसका सबै उच्च अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *