सिलगढीमा पूर्व प्रधानमन्त्री राजीव गाँधीको जन्मजयन्ती पालन

सिलगढी : देशको विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि पूर्व प्रधानमन्त्री राजीव गाँधीको 79औँ जन्मजयन्ती पालन गरियो। सिलगढीस्थित कङ्ग्रेसको पार्टी कार्यालयमा आज जिल्ला कङ्ग्रेसका महासचिव जीवन मजुमदार, सचिव अभिषेक मालाकार लगायत कङ्ग्रेसका अन्य सदस्यहरूले राजीव गाँधीको तस्विरमा फुल माला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा महासचिव जीवन मजुमदारले राजीव गाँधीको जीवनीबारे प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *