सिलगढीमा रहस्यमय ढङ्गमा बस चालकको शव उद्धार,  जाँचमा जुट्यो पुलिस

सिलगढी : बिहार-सिलगढीगामी एउटा बसबाट रहस्यमयी ढङ्गमा चालकको शव उद्धार भएको छ। मृतक बस चालक बिहारको मुजफ्फरपुर निवासी तेजेन्द्र सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत आइतबार तेजेन्द्र सिंह बिहारबाट सिलगढीगामी बस चलाएर सिलगढी आइपुगेका थिए। यहाँ आएपछि तिनको अचानक स्वस्थ्य खराब भएपछि तिनको खलासीले घटनाबारे चालकका परिवारका सदस्यहरूलाई खबर दिए। घटनाको खबर पाएर हिजो तेजेन्द्र सिंहको ज्वाइँ बिहारबाट आज बिहान सिलगढीको जङ्क्सनमा आइपुगेपछि तिनले तेजेन्द्र सिंहको बारे सोधखोज गर्दा सबैले भिन्ना-भिन्नै कुरा गरेको बताइएको छ। यसपछि पुलिसलाई घटनाबारे जानकारी दिएपछि पुलिस घटनास्थलमा पुगेर सोधखोज गर्दा तेजेन्द्रको शव बसभित्र रहेको थाहा पाए। यसपछि पुलिसले बसभित्र तेजेन्द्र सिंहको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकका ज्वाइँले घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *