सिलगढ़ीमा रेलवे विभागको जमिन दखलविरुद्ध अभियान

सिलगढी : सिलगढी एनजेपी थाना संलग्न इलाकामा रेलवे विभागले जमिन दखलविरुद्ध अभियान चलाएर यहाँको अस्पताल मोड, इन्स्टिट्युट मैदान अघिका धेरैवटा दोकानहरू भत्काइ दिएको छ। यसरी दोकान भत्काइदिएकोमा व्यवसायीहरूले क्षोभ प्रकट गरेका छन्। हरिपद घोषलगायत केही व्यवसायीहरूले बताएअनुसार रेलवे विभागले यसबारे आफूहरूलाई सूचित नगरी अचानक आज बिहान आफूहरूको दोकान भत्काइदिनको साथै दोकानमा राखेको सबै समानहरू नष्ट गरिदिएको आरोप लगाएका छन्। यसको साथै रेलवेको जमिन दखल गरेर घर तथा स्थायी दोकान बनाउने मालिकहरू विरुद्ध किन कार्वाही गरिँदैन भन्दै तिनीहरूले प्रश्न गरेका छन्। यस अभियानमा रेलवे अधिकारीहरू लगायत आरपीएफका कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *