सिलगढीमा रक्तदान शिविर

सिलगढी : हाल देशभरिमै कोरोना संक्रमणको संख्या बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा न्यू जलपाईगढी स्टेशन परिसरमा व्यवसायी समितिले रगतको कमी दूर गर्ने उद्देश्य लिएर आज रक्तदान शिविरको आयोजना गर्यो।


लायन्स क्लब अफ सिलगढीको सहयोगमा आयोजित उक्त शिविरमा सयजना व्यवसायीहरूले रक्तदान गरे। रक्तदान शिविर बाहेक नेत्र जाँच तथा ब्लड प्रेसर जाँच शिविरको पनि आयोजना गरिएको छ। यस अवसरमा व्यवसायी समितिका सचिव सञ्जीव पाल, अध्यक्ष बाबु दास लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *