सिलगढीमा रक्तदान शिविर

सिलगढी : सिलगढीको डाबग्राम 2 नम्बर अञ्चल तृणमूल युवा कांग्रेस कमिटीको परिचालना एवम् राज्यका पर्यटन मन्त्री गौतम देवको पहलमा आज आसिघर मोडस्थित लक्खी भवनमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 123 युनिट रगत संग्रह गरिएको साथै संग्रहित रगत सिलगढी जिल्ला अस्पताल र उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *