सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : पश्चिमबंग सरकारी कर्मचारी समिति समूहको राज्य को-अडिनेशन कमिटी दार्जिलिङ जिल्ला शाखाको पहलमा आज कञ्चनजङ्घा स्टेडियममा रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा पुरुष एवम् महिलाहरूले स्वेच्छाले रक्तदान गरे भने शिविरमा संग्रहित रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। उक्त शिविरमा सिलगढी महकुमा परिषदका अध्यक्ष तापस सरकार, राज्य को-अडिनेशन कमिटीका दार्जिलिङ जिल्ला सचिव मृत्युञ्जय सरकार लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *