सिलगढीमा रक्तदान शिविरको आयोजना  

सिलगढी: सिलगढी टाउन स्टेशन व्यवसायी कल्याण समितिको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविर लोकनाथ बाबा अनि शनि महाराजको नयाँ मन्दिरको स्थापना गरिएको उपलक्ष्यमा आयोजित गरिएको बताइएको छ। शिविरमा धेरैजना मानिससहरूले रक्तदान गरे। आयोजक समितिको तर्फबाट आशीष पाल र रञ्जन कुन्डुले भने, विभिन्न ब्लड ब्याङ्कमा रगतको कमी रहेकोले गर्दा नै उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। शिविरमा संग्रहित रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइने छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *