सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर सिलगढीको 33 नम्बर वार्ड तृणमूल कङ्ग्रेसको पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। आज 33 नम्बर वार्ड तृणमूल कङ्ग्रेसको कार्यालयमा उक्त शिविरको आयोजना गरियो। सिलगढीका मेयर गौतम देव तथा वार्ड काउन्सिलरले दीप प्रज्ज्वलन गरेर शिविरको उद्घाटन गरे। उक्त शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। शिविरमा वार्ड सभापति शुभङ्कर ठाकुर, वार्डका युवा सभापति सञ्जय दत्त लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *