सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी टाउन तृणमूल छात्र परिषद् एवम् सिलगढी कमर्स कलेजको संयुक्त पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरमा लगभग 60 युनिट रगत संग्रह गरिएको छ भने उक्त संग्रहित गरिएको रगत उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ। शिविरमा राज्यका पर्यटन मन्त्री गौतम देव, तृणमूलका दार्जिलिङ जिल्ला अध्यक्ष रञ्जन सरकार लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *