सिलगढीमा रक्ताम्मे अवस्थामा युवक उद्धार

सिलगढी (निसं): सिलगढी जङ्क्शन डिजल शेड भित्रबाट खुनले लतपत अवस्थामा एकजना युवकलाई उद्धार गरेको छ। घाइते युवकको नाम प्रताप सुब्बा (22) बताइएको छ। तिनी दार्जिलिङको सदर थाना अन्तर्गत इलाका निवासी हुन्। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान लगभग 11 बजी स्थानीय मानिसहरूले डिजल शेडको स्टोर रूम नजिक एकजना युवकलाई खुनले लतपत अवस्थामा देखेपछि घटनाबारे रेलवे विभाग तथा प्रधान नगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घाइते युवकलाई उद्धार गरेपछि सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। हाल युवकको अस्पतालमा उपचार चलिरहेको छ। सूत्रले दिएको जानकारी अनुसार प्रताप सुब्बाको भुँडीमा कुनै धारिलो हतियारले प्रहार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *