सिलगढीमा रक्ताम्मे अवस्थामा सुरक्षा गार्डको शव उद्धार

सिलगढीसिलगढीको हैदरपाडास्थित हिमाचल सरणीमा एकजना सुरक्षाकर्मीको घरबाट रक्ताम्मे अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति बिहार निवासी विनय कुमारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार विनय कुमारले हैदरपाडाको एउटा घरमा गार्डको काम गर्दथे। गत राति विनय कुमारको रक्ताम्मे अवस्थामा शव देखेपछि घटनाबारे भक्तिनगर थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर त्यहाँ जडान गरिएको सीसीटीभी क्यामाराको फुटेजको जाँच गर्दा सीसीटीभीमा एकजना रिक्सा चालकको फोटो कैद भएको बताइएको छ। पुलिसले केही मानिसहरूलाई हिरासतमा लिएर सोधखोज गरिरहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *