सिलगढीमा राशन वितरणमा ‘भ्रष्टाचार’, डिलरको भूमिकालाई लिएर गाउँलेहरू र पार्षदले गरे क्षोभ प्रकट

सिलगढी (निसं): एकजना डिलरले राशन वितरण मामिलामा भ्रष्टाचार गरेको आरोप उठेको छ। राशनको रूपमा लगातार चामल र आटा यहाँका मानिसहरूको नाममा आइरहे तापनि ती चामल र आटा वितरण नगरेको स्थानीय मानिसहरूले आरोप लगाएका छन्। स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार पहिला औलीको निशान लिए तापनि तिनीहरूलाई डिलरले राशन दिएनन्। यसपछि आज सिलगढीको 28 नम्बर वार्डको बगराकोट इलाकामा राशन डिलरलाई घेराउ गरेर स्थानीय मानिसहरूले विरोध प्रदर्शन शुरू गरे। यसपछि घटना बारे पुलिसलाई जानकारी गराए। खबर पाएर वार्ड पार्षद संप्रीता दास पनि घटनास्थलमा आइपुगेकी थिइन्। अभियोग प्राप्त भएपछि फूड सप्लाई अफिसको तर्फबाट मामिलाको जाँच शुरू गरिएको छ। राशन डिलर सञ्जय कुमार गुप्ताले धेरै समय अघिदेखि नै इलाकावासीहरूलाई राशनको सर-सामान नदिएको आरोप रहेको छ। राशन ल्याउन जाँदा समेत उपभोक्ताहरूलाई डिलरले राशनको दोकानमा चामल र आटा कम्ती रहेको बताउने गरेको साथै औलीको निशान लगाए तापनि आफुहरूलाई राशन नदिएको गाउँलेहरूको भनाई रहेको छ। यसको साथै राशन वितरणमा धाँधली भइरहेको साथै केही सप्ताहदेखि राशन नपाएको बताइएको छ। यसपछि पार्षदले डिलरको भूमिकालाई लिएर रोष प्रकट गरेका छन्। पार्षद संप्रीता दासले भनिन्, फूड एन्ड सप्लाई अफिसमा डिलरको विरूद्ध अभियोग दर्ता गरिने छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes