सिलगढीमा रवीन्द्रनाथ टेगोरको 160औँ जन्मजयन्ती पालन

सिलगढी : आज कविगुरु रवीन्द्रनाथ टेगोरको 160औँ जन्मजयन्ती। हाल कोरोनाको बढ्दो प्रकोपले गर्दा रवीन्द्रनाथ टेगोरको जन्मजयन्ती यस वर्ष साधारण रूपमा पालन गरियो। यस अवसरमा सिलगढी नगरनिगमको तर्फबाट यहाँको बाघाजतीन पार्कस्थित रवीन्द्र मञ्चमा एउटा साधारण कार्यक्रमको आयोजना गरेर प्रशासक गौतम देव तथा प्रशासक मण्डलीका सदस्यहरूले रवीन्द्रनाथ टेगोरको सालिगमा फुल-माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै सिलगढीका नवनिर्वाचित भाजपा विधायक शङ्कर घोषले पनि रवीन्द्रनाथ टेगोरको सालिगमा फुल-माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। उक्त कार्यक्रममा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव लगायत नगरनिगमका अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *