सिलगढीमा रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो एनजेपी संलग्न मदानी बजारमा अभियान चलाएर देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मन्टु रायको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार एनजेपी थाना पुलिसले हिजो उक्त इलाकामा अभियान चलाएर लगभग 42 बोतल देशी-विदेशी रम-रक्सी उद्धार गरेको छ। मन्टु रायले धेरै समय अघिदेखि घरमा अवैध रूपमा रम-रक्सीको कारोबार चलाउने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.