सिलगढीमा सडक दुर्घटनामा कलेज छात्रको मृत्यु

सिलगढी : सिलगढीमा बाइक दुर्घटनामा परेर कलेजमा पढ्ने एकजना युवकको मृत्यु भएको छ। उक्त घटना गत राति सिलगढीको भेनस मोड नजिक फ्लाइओभरमा घटेको हो। मृतक युवकको नाम साहिन अली बताइएको छ। तिनी सूर्यसेन कलेजमा अध्ययनरत थिए भने तिनले फोटोग्राफीको कार्य गर्ने गर्दथे। उक्त युवक सिलगढीको असरफनगरमा भाडाको घरमा बस्ने गर्थे। हिजो साँझ तिनी बाइकमा सवार भएर बाबुलाई काममा गएको भन्दै घरबाट निस्केका थिए। यसपछि गत राति तिनको बाइक अनियन्त्रित भएर फ्लाईओभरमा डिभाइडरसित ठोक्किँदा घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर तिनको परिवारका सदस्यहरू अस्पतालमा पुगेका थिए। उक्त युवकसित एउटी युवती पनि रहेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *