सिलगढीमा सड़क दुर्घटनामा 62 वर्षीय व्यक्तिको मृत्यु

सिलगढी : सिलगढीको नौकाघाट संलग्न पोराझार इलाकामा आज सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढी मिलनपल्ली निवासी 62 वर्षीय निमचाँद अग्रवालको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार मृतक निमचाँद आज बिहान स्कुटीमा सवार भएर गइरहेको समय तेलको ट्याङ्करले टाउकोमा किच्याउँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर ट्राफिक डीसीपी अभिषेक गुप्ता लगायत एनजेपी थाना पुलिस घटनास्थलमा पुगेपछि शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *