सिलगढीमा साङ्केतिक हड़तालमा दार्जिलिङ जिल्ला डेकोरेटर्स वेलफेयर एसोसिएशन-को सहभागिता

सिलगढी : पश्चिम बंगाल डेकोरेटर्स समन्वय समितिले विभिन्न मागलाई लिएर बोलाएको साङ्केतिक हडतालमा दार्जिलिङ जिल्ला डेकोरेटर्स वेलफेयर एसोसिएशनले पनि सहभागिता जनाएको छ। संगठनका सदस्यहरू आज सिलगढीमा गाँधीजीको सालिग अघिल्तिर साङ्केतिक हडतालमा सामेल भए। संगठनका सदस्यहरूले हातमा प्ला कार्ड बोकेर विभिन्न मागहरू गरे। यस सम्बन्धमा संगठनका एकजना सदस्यले बताएअनुसार कोरोना परिस्थितिले गर्दा गत डेढ वर्षदेखि तिनीहरू बेजोगार भएकोले विविध समस्याको सामना गर्न परिरहेको छ। परिस्थिति सामान्य भएका ठाउँहरूमा केवल बिहे तथा सामाजिक कार्यक्रमहरूमाथि रोक लगाएकोले उक्त नियममा छुट दिइने तिनले अपील गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *