सिलगढी : सिलगढीको 7 नम्बर वार्डको खालपाडा आउटपोस्ट अघि साँढेको धक्काले एकजना व्यक्तिको मृत्यु भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सडकमा दुईवटा साँढेको लडाइँ भइरहेको समय एकजना व्यक्ति साइकलमा सवार भएर जाने क्रममा एउटा साँढेको धक्काले उक्त व्यक्ति ड्रेनमा लड्यो। यसपछि उक्त साँढे पनि ड्रेनमै लड्यो। घटनापछि तत्कालै स्थानीय मानिसहरूले उक्त व्यक्तिलाई उद्धार गरेर अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर दमकल विभाग घटनास्थलमा पुगेर ड्रेनमा लडेको साँढेलाई उद्धार गरे। तथापि, हालसम्म मृतक व्यक्तिको परिचय जुटाउन सकेको छैन। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।