सिलगढीमा ससाना नानीहरू बोकेर भीख माग्ने 2 जना महिला पकेटमारेको आरोपमा पक्राउ

सिलगढी : रेलवे स्टेशन, बस स्टप, ट्राफिक पोइन्ट, बजार आदि ठाउँहरूमा केही महिलाहरूले ससाना नानीहरू बोकेर भीख माग्ने गरेको देखिन्छ। हालै सोशल मीडियामा एउटा भीडियो भाइरल भएको थियो। उक्त भीडियोमा केही महिलाहरूले ससाना नानीहरू बोकेर सडकमा हिँड्ने मानिसहरूलाई चारैतिरबाट घेरेर भीख मागिरहेको थियो। उक्त भीडियो भाइरल भएपछि टिस्टा टाइम्स-ले मानिसहरूलाई सतर्क तथा सावधान रहने अपील गरेको थियो। अर्कोतिर, सिलगढीमा केही यस प्रकारको गुटको 2 जना महिलालाई पानीट्याङ्की आउटपोस्ट पुलिसले पकेट मारेको आरोपमा पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत अपरान्ह दुईजना महिलाले ससाना नानीहरू बोकेर सेभोक रोडमा बिहारको अररिया निवासी एमडी कादीरलाई घेरेर रुपियाँ माग्न थालिन्। यसको केही समयपछि कादीरसँग रहेको लगभग 60 हजार रुपियाँ हराएको थापा पाएपछि तिनले पानीट्याङ्की आउटपोस्टमा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले मामिलाको छानबीन शुरू गरेपछि आज बिहान पानीट्याङ्की आउटपोस्ट पुलिसले ससाना नानीहरू बोकेर भीख मागिरहेकी 2 जना महिलालाई हिरासतमा लिएर सोधखोज शुरू गरेपछि तिनीहरूले आफ्नो गल्ती स्वीकार गरेको बताइएको छ। यसो साथै पुलिसले ती 2 जना महिलाबाट 21 हजार रुपियाँ पनि उद्धार गरेको छ। पानीट्याङ्की आउटपोस्ट पुलिसले आज महिलाहरूलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *