सिलगढीमा शतरंज हब स्थापित गर्ने उद्देश्यले ग्रान्ड मास्टर दिव्येन्दु बरुआले भेटे मेयर गौतम देवसित

सिलगढी : सिलगढीमा शतरंज हब स्थापित गर्ने उद्देश्य लिएर ग्रान्ड मास्टर दिव्येन्दु बरुआले आज मेयर गौतम देवसित भेट गरेर यसबारे कुराकानी गरे। यस भेटघाट अवधि गौतम देवले सिलगढीमा शतरंज हब बनाउनको लागि बुनियादी ढाँचा तथा प्रस्ताव उपलब्ध गराउने बताए। दिव्येन्दु बरुआले भने, उत्तर बंगालमा शतरंज हब स्थापित गर्ने उद्देश्य लिएर आज सिलगढीका मेयरसित कुराकानी गरेको साथै तिनले यसमा सहमति दिँदै बुनियादी ढाँचा तथा प्रस्ताव उपलब्ध गराउने वाचा गरेका छन्। वतर्मानमा उत्तर बंगालमा केही नयाँ शतरंज खेलाड़ीहरूको उदय भइरहेकोले यहाँ शतरंज हब स्थापित भएपछि खेलाडीहरूलाई निक्कै फाइदा पुग्ने तिनले बताए। अर्कोतिर, मेयर गौतम देवले ग्रान्ड मास्टर दिव्येन्दु बरुआसित आज शतरंजबारे चर्चा परिचर्चा गर्नको साथै तिनलाई लिखित प्रस्ताव बुझाउने सुझाउ दिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *