सिलगढीमा स्कुल गइरहेका 8 वर्षीय छात्रको सडक दुर्घटनामा मृत्यु

सिलगढी :  स्कुल गइरहेको समय आज बिहान सडक दुर्घटनामा परेर एकजना नानीको मृत्यु भएको घटना प्रकाशमा आएको छ। घटनापछि सडकको बेहाल अवस्था तथा मनपरी ट्रक चलाएको आरोप लगाउँदै स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गर्यो। उक्त घटनाले सिलगढीको जाबराभिटा भीआईपी रोडमा उत्तेजनाको माहौल सृष्टि भयो। मृतक छात्र 8 वर्षीय अङ्कित रायको रूपमा चिन्हित गरिएको छ भने तिनी बहुबजार नजिक रहेको एउटा अङ्ग्रेजी स्कुलको तृतीय श्रेणीका छात्रा थिए। अङ्कित आज बिहान दिदीसित स्कुटीमा सवार भएर स्कुल गइरहेको समय जाबराभिटामा तेलको ट्याङ्करसित ठोक्किँदा ट्याङ्करको चक्काले किच्चाएर घटनास्थलमै अङ्कितको मृत्यु भएको छ भने तिनको दिदी नेहा राय घाइते भएको बताइएको छ। उक्त घटनापछि आक्रोशित स्थानीय मानिसहरूले पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेपछि पुलिससित स्थानीय मानिसहरूको विवाद शुरू भयो। यसपछि डीसीपी ट्राफिक अभिषेक गुप्ता तथा एसीपी ईस्ट शुभेन्द्र कुमार घटनास्थलमा पुगे। स्थानीय मानिसहरूको आरोप अनुसार धेरै समय अघिदेखि भीआईपी रोड बेहाल अवस्थामा रहेको छ। ट्रक, तेलको ट्र्याङ्करका चालकहरूले मनपरी वाहन चलाउने गरेकोले गर्दा नै उक्त इलाकामा प्रायःजसो दुर्घटना हुने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *