सिलगढीमा स्कुलहरू अघि वाहन चलाचलमा नियन्त्रण गर्न एसजेडीए-को पहल

सिलगढी : बेहालामा ट्रकको धक्का लागेर एकजना छात्रको मृत्युपछि एसजेडीएले सिलगढीमा स्कुलअघि यातायात नियन्त्रण राख्न पहल गरेको छ। सिलगढी सहर तथा महकुमा इलाकामा धेरैवटा स्कुलहरू मेन रोड नजिक रहेको छ। उक्त सडक भएर धेरै संख्यामा वाहन, बस तथा ट्रकहरू चलाचल गर्ने गर्दछ। यसैले बेहालामा भएको घटना जस्तो यहाँ नदोहोरियोस् भन्ने उद्देश्य लिएर उक्त स्कुलहरू अघि ब्यारिकेड लगाइने भएको छ। सिलगढीको केही गैर सरकारी तथा सरकारी स्कुलहरूको एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले आज परिभ्रमण गरेर स्कुलहरू अघि ब्यारिकेड लगाइने बताए। सिलगढी ट्राफिक पुलिसको लगभग 100 वटा ब्यारिकेड दिइनेछ भने ती ब्यारिकेडहरू सडक छेउमा रहेको स्कुलहरूमा लगाइनेछ। यसको साथै पुलिस कमिश्नरसित यस विषयमा बैठक गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *