सिलगढीमा एसएफआई-को ‘चोर धरो, जेल भरो’ कार्यक्रम

सिलगढी : सिलगढीमा एसएफआई-ले आज चोर धरो जेल भरो कार्यक्रमको आयोजना गर्यो। एसएफआई-का सदस्यहरूले आज सिलगढीको हासमी चोकमा पार्टीको झण्डा हातमा बोकेर विक्षोभ प्रदर्शन गरे। यसपछि तिनीहरूले लगभग 20 मिनट हासमी चोकको सडकमा सुतेर विक्षोभ प्रदर्शन गरे। संगठनका सदस्यले बताएअनुसार उत्तरबंग विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई सुम्पिने प्रयास गरिरहेकोले आज आफूहरूद्वारा यसको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरिएको हो। पारदर्शी भर्ना प्रक्रिया चाँडोभन्दा चाँडो शुरू गर्ने तिनीहरूले माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *