सिलगढीमा शान्तिपूर्ण ढङ्गले छठ पूजाको गरियो समापन

सिलगढी: लोक आस्थाको महापर्व छठ पुजा आज सोमवार सिलगढीमा शान्तिपूर्ण ढंगले समापन भयो। चार दिवसीय यस पर्वको समापन आज बिहानै उदीयमान सूर्य अर्घ्यको साथमा गरियो। सिलगढीमा सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आस्था, उल्लास साथै समर्पणको अनौठो दृश्य देखियो।  गत साँझ छठव्रतीहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिए भने आज बिहान छठ व्रतधारीहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ्‍य दिएर छठ महापर्वको व्रत पूर्ण गरे। लोक-आस्थासँग जोडिएको यो पावन पर्वमा भगवान भास्कर अनि छठी मइयाको पुजा गर्ने गरिन्छ। हिन्दु धर्ममा यो मात्र एक पावन पर्व हो, जसमा डुब्दै गरेको सूर्यलाई मात्र नभएर उदाउँदै गरेको सूर्यलाई पनि अर्घ्य दिइने गरिन्छ। साँचो मन अनि श्रद्धा- विश्वासले छठी मैयाको पुजा गर्नाले तिनीहरूको सबै मनोकामना छठी मइया-ले पूरा गरिदिने विश्वास रहेको छ। सिलगढीका विभिन्न घाटहरूलाई सजाएर रंगी-बिरंगी लाइटहरूले सजाउनको साथै व्रतधारीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाएको थियो। यसको साथै राज्य सरकारको राज्य आपदा प्रबन्धन दल पनि विभिन्न ठाउँहरूमा तैनाथ गरिएको थियो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes