सिलगढ़ीमा सर्ट एन्ड डक्युमेन्ट्री फिल्म फेस्टिभल हुने

सिलगढी : सिलगढी सिने सोसाइटीको स्थापनाकाल 25 वर्ष पुरा गरेको अवसरमा सबुज वनानीको सहयोगमा सातौँ सर्ट एन्ड डक्युमेन्ट्री फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ। आगामी 31 जनवरीको दिन उक्त फेस्टिभलको आईपीएस अधिकारी प्रसुन ब्यानर्जीले उद्घाटन गर्ने भएका छन्। सिने सोसाईटीमा भारतको लगभग 49 वटा सर्ट फिल्म जम्मा रहेको जसमध्ये केही फिल्म छनौट गरेर सिलगढीको देशबन्धु मञ्चमा आयोजित उक्त फेस्टिभलमा 31 जनवरी र 1 फरवरीको दिन प्रदर्शित गरिने भएको छ। यसबाहेक आगामी 2 फरवरीको दिन पुरस्कार वितरण गरिने साथै बङ्ग्ला चलचित्रका चर्चित परिचालक कमलेश्वर मुखोपाध्यायले कलाकारको सामाजिक दायित्वबारे केही व्यक्त राख्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *