सिलगढीमा एसएमएडीए अकादमीको उद्घाटन

सिलगढी : शिन म्युजिकको सहयोगमा आज सिलगढीको दशरथपल्लीमा एसएमएडीए अकादमीको उद्घाटन गरियो। उक्त अकादमीमा नृत्य, गीत, अभिनय र मोडलिङको प्रशिक्षण गराइनेछ। यस अवसरमा एसएमएडीएएका फाउन्डर यश सोनी, को-फाउन्डर सुदीप्त देबनाथ लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।  भोलि 4 अक्टोबरदेखि अनलाइन र अफलाइनको माध्यमद्वारा यसको प्रवेश प्रक्रिया शुरू गरिने भएको छ। उक्त अकादमीमा चर्चित कलाकारहरूले नृत्य, गीत, अभिनय, मोडलिङको प्रशिक्षण गराउने बताइएको छ। यश सोनीले बताएअनुसार उत्तर बंगालमा मनोरञ्जनको क्षेत्रमा थुप्रै समस्याहरू रहेकोले गर्दा यहाँ बाहिरबाट कलाकारहरूलाई ल्याएर कार्यक्रमहरू गर्ने गरिन्छ। यसैले एसएमएडीए अकादमीको माध्यमद्वारा कलाकारहरूलाई उचित प्रशिक्षण दिएर उत्तर बंगालबाट उत्कृष्ट कलाकारको सिर्जना गरिने उद्देश्य रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *