सिलगढीमा स्प्रीटसहित एकजना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सिलगढीको शान्तिपाडा श्रीनगर इलाकामा अभियान चलाएर 40 लिटर स्प्रीटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति वरूण भौमिकको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका व्यक्ति वरूण धेरै समय अघिदेखि स्प्रीट बनाउने अवैध कारखानासित संलग्न रहेको साथै उक्त स्प्रीटद्वारा तिनले देशी-विदेशी रम-रक्सी तयार गर्ने गरेको बताइएको छ। आरोपी व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *