सिलगढीमा शुभेन्दु अधिकारीका अनुयायीहरूले छोडे तृणमूल कांग्रेस

सिलगढी : शुभेन्दु अधिकारीका अनुयायीहरूले सिलगढीमा तृणमूल कांग्रेस छोडेकोबारे आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पूर्व कमिटीका महासचिव दीपङ्कर अरोडाले जानकारी गराएका छन्। जिल्ला सभापति लगायत अन्य नेतृत्वहरूलाई पद त्याग पत्र पठाउने तिनले बताए। तृणमूल कांग्रेस छोडेपछि तिनले दलका केही नेताहरूविरुद्ध क्षोभ प्रकट गरे। कसैको नाम उल्लेख नगरी पार्टीका केही सदस्यहरूले गर्दा सिलगढीमा तृणमूल कांग्रेसले जित हासिल गर्न नसकेको साथै धेरैजना विविध दुर्नीतिमा संलग्न रहेको तिनले आरोप लगाए। तिनले अझ भने, अझै केही कार्यकर्ताहरूले तृणमूल कांग्रेस छोड्ने भएको छ भने केही कारणले गर्दा तिनीहरू अघि आएका छैनन्। शुभेन्दु अधिकारी सामेल हुने दललाई नै तिनका अनुयायीहरू पनि समर्थन जनाउने तिनले बताए। अर्कोतिर, दीपङ्कर अरोडाले तृणमूल पार्टी छोडेको विषयमा तृणमूल जिल्ला सभापति रञ्जन सरकारले केही भन्न चाहेनन्। तिनले भने, दिपङ्कर अरोडाले व्यक्ति केन्द्रित राजनीति गर्ने गरेको बताउँदै दिपङ्कर दलका कुनै कार्यकर्ता नरहेको केवल समर्थक मात्र रहेको बताए। यसभन्दा अघि पनि दिपङ्करले दल छोडेका थिए अनि पुनः पार्टीमा फर्किआएका थिए भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *