सिलगढीमा शुभेन्दु अधिकारीको ब्यानरसहित वाहन चालक पुलिस हिरासतमा, सोधखोजपछि छोडियो

सिलगढी : सिलगढीको महानन्दा छठ घाटमा आज बिहान तृणमूल नेता तथा परिवहन मन्त्री शुभेन्दु अधिकारीको शुभकामना सन्देश लेखेको ब्यानर लगायत एउटा पिकअप भ्यान र चालकलाई पुलिसले हिरासतमा लिए। यसपछि पुलिसले चालकसित सोधखोज गरेपछि भ्यानसहित चालकलाई छोडिदिएको बताइएको छ। प्राप्त जानकारीअनुसार आज बिहान महानन्दा घाटमा आमरा दादार अनुगामी (हामी दादाको समर्थक) लेखेको एउटा ब्यानर लगाइरहेको समय पुलिसले ब्यानर, पिकअप भ्यान र चालकलाई हिरासतमा लिएर सिलगढी थाना लग्यो। उक्त ब्यानर कसले अनि किन लगाएको भन्नेबारे सोधखोज गर्नको लागि पुलिसले चालकलाई हिरासतमा लिएको बताइएको छ। तथापि, पुलिसले यस सम्बन्धमा केही भन्न चाहेनन्। स्मरण रहोस्, केही दिन अघि सिलगढीको विभिन्न ठाउँहरूमा तिनका समर्थकहरूले शुभेन्दु अधिकारीको फोटो भएका ब्यानरहरू टाँसिएको थियो। उक्त ब्यानरमा बङ्ग्ला भाषामा आमरा गर्भित, आमरा दादार अनुगामी (हाम्रो गौरव, हामी दादाका समर्थकहरू) भनेर लेखिएको थियो। उक्त ब्यानरमा तृणमूल कांग्रेसको नाम उल्लेख नगरेकोले कसले यो ब्यानर लगाएको भन्ने बारे हालसम्म चर्चाको विषय रहेको छ। यसको साथै परिवहन मन्त्री शुभेन्दु अधिकारीलाई लिएर तृणमूल कांग्रेस लगायत अन्य राजनीतिक दलहरूमाझ तीव्र चर्चा-परिचर्चा भइरहेको छ। शुभेन्दु अधिकारीले अब तृणमूल कांग्रेस पार्टी छोड्नेछन् साथै एउटा नयाँ पार्टी गठन गर्ने अथवा अन्य पार्टीमा सामेल हुनेछन् भनी राजनीतिक माहौलमा विभिन्न अड्कलबाजीहरू लगाइरहेको छ। तथापि, यसबारे हालसम्म केही स्पष्ट देखिएको छैन। अर्कोतिर, आजको घटनाबारे दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले आफूलाई यसबारे कुनै जानकारी नरहेको साथै कानुनले आफ्नो काम गरिरहेको छ भनी घटनाबारे केही बताउन चाहेनन्। तिनले अझ भने, राजनीतिसित यसको कुनै सरोकार छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes