सिलगढीमा सुनसहित 2 पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा डीआरआईले अभियान चलाएर 1 किलो 992 ग्राम सुनसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू राजस्थान निवासी 25 वर्षीय योगेश शनि, 45 वर्षीय माङ्गी लालको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार डीआरआईले गोप्य सूचनाको आधारमा हिजो राति एनजेपी स्टेसनमा अभियान चलाएर 12 वटा सुनको बारसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको उक्त सुनको एउटा बारको ओजन 166 ग्राम रहेको छ भने ती दुई व्यक्तिले आफ्नो खुट्टामा तीन-तीनवटा सुनको बार बाँधेर ब्रह्मपुत्र मेलमा सवार भएर गुवाहाटीदेखि दिल्लीतर्फ गइरहेका थिए। आज आरोपी दुवैलाई सिलगढी अदालतमा पेश गरेपछि पाँच दिनको जेल हिरासतमा पठाएको छ। आगामी 28 अगस्तमा फेरि तिनीहरूलाई अदालतमा पेश गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *