सिलगढीमा सुनको दोकानमा लाखौँ रुपियाँको चोरी

सिलगढी सिलगढीको चम्पासरी मोडस्थित एउटा सुनको दोकानमा लाखौँ रुपियाँको चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार  ती चोरहरूले दोकानको झ्याल भत्काएर दोकानभित्र प्रवेश गरेपछि ग्यास कटरको सहयोगमा दोकानमा राखिएको क्यास बक्स काट्ने प्रयास गरे तापनि असफल भएको बताइएको छ। आज बिहान दोकानको मालिकले दोकान खोलेपछि सर-समान छरपस्ट भएको देखे भने दोकान भित्र एउटा ग्यास कटर पनि देखे। लगभग पाँच लाख रुपियाँको सुन र चाँदीको गर-गहना चोरी भएको दोकान मालिकले बताए। यसपछि घटनाबारे तिनले प्रधाननगर थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यसभन्दा अघि 2010-मा पनि उक्त दोकानमा चोरी भएको दोकान मालिकले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *