सिलगढीमा स्वर्ण व्यवसायीलाई लुटपाट, नगद राशि सहित बहुमूल्य गर-गहना थुतेर चम्पट

सिलगढी : सिलगढीमा दोकान बन्द गरेर घर फर्किरहेका एकजना स्वर्ण व्यवसायीको नगद राशि लगायत बहुमूल्य गर-गहना थुतेर केही दुष्कृतिहरूले चम्पट कसेको छ। उक्त घटना सिलगढीको विधान रोडमा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति व्यवसायी प्रदीप कुमार पाल दोकान बन्द गरेर घर फर्किरहेको समय विधान रोडमा बाइकमा सवार केही बदमासहरूले व्यवसायीको पछि गरेर तिनको हातबाट ब्याग थुतेर लगेको बताइएको छ। घटनापछि छेउछाउका व्यवसायी तथा स्थानीय मानिसहरू घनटास्थलमा पुगे। घटनाको खबर पाएर सिलगढी पुलिस लगायत डीसीपी जोय टुडू र एसीपी शुभेन्द्र कुमार घटनास्थलमा पुगे। अर्कोतिर, 12 नम्बर वार्डका पार्षद बासुदेव घोष पनि घटनास्थलमा पुगे। व्यवसायीले बताएअनुसार उक्त ब्यागमा लाखौँ रुपियाँ नगद राशि लगायत सुनको बहुमूल्य गर-गहना थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *