सिलगढीमा स्वयंसेवी संस्थाद्वारा तेस्रो लिङ्गीहरूलाई खाद्य सामग्री वितरण

सिलगढी : कोरोना महामारीले गर्दा मानिसहरूले खुशीको अवसरमा घरमा तेस्रो लिङ्गीलाई बोलाउन डराइरहेका छन्। कुनै घरमा नवजात शिशुको जन्म हुँदा विशेष गरेर तेस्रो लिङ्गीलाई बोलाउने गर्दछ अथवा तिनीहरू स्वयम् आउने गर्दछन्। हाल कोरोना महामारीले गर्दा तेस्रो लिङ्गीहरूले आर्थिक समस्याको सामना गर्न परिरहेको छ। यसैले सिलगढीको सृष्टि नामक एउटा स्वयंसेवी संस्था तिनीहरूको सहयोगको लागि अघि आएको छ। संगठनका सदस्यहरूले आज तिनीहरूलाई एक महीनाको खाद्य सामग्रीहरू वितरण गर्यो। संस्थाका गौतम गोस्वामीले बताएअनुसार हाल कोरोना महामारीले गर्दा तेस्रो लिङ्गीहरूलाई खाद्य सङ्कट भइरहेकोले गर्दा आज संस्थाको तर्फबाट तिनीहरूलाई एक महीनाको खाद्य सामग्री प्रदान गरेको हो। सोनाली नाम गरेको  एकजना तेस्रो लिङ्गीले बताएअनुसार तेस्रो लिङ्गीको रूपमा आधिकारिक मान्यता पाए तापनि आफूहरूलाई उपेक्षा गर्ने गर्दछ। कोरोना परिस्थितिमा आफूहरूलाई सहयोग गरियोस् भन्ने तिनले अनुरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *