सिलगढीमा तेस्रो लिङ्गीहरूलाई लगाइयो कोरोनाको पहिलो खोप

सिलगढी : दार्जिलिङ जिल्ला लिगल एड फोरमको पहल एवम् बीडीओ बीएमओएच राजगञ्ज तथा युनिक वेलफेयर सोसाइटीको सहयोगमा आज तेस्रो लिङ्गीहरूलाई कोरोनाको खोप लगाइयो। आज बारीभाषा भवेश मोड इलाकामा 25 जना तेस्रो लिङ्गीहरूलाई कोरोनाको प्रथम खोप लगाइयो। उक्त पहलको लागि तेस्रो लिङ्गीहरूले खुसी प्रकट गर्दै आयोजक तथा स्वास्थ्यकर्मीहरूलाई फुल गुच्छा प्रदान गरे।  तेस्रो लिङ्गी मैना दासले बताएअनुसार कोरोनाको खोप लगाउन पाएको आफूहरू निक्कै खुसी छौँ। सबैलाई कोरोनाको खोप लगाउने, नडराउने, सुरक्षित रहने तिनले सन्देश दिएका छन्। अर्कोतिर, दार्जिलिङ जिल्ला लिगल एड फोरमका सचिव अमित सरकारले आज 25 जना तेस्रो लिङ्गीहरूलाई कोरोनाको प्रथम डोज लगाइएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *