सिलगढीमा ठगीको शिकार शिक्षक, ब्याङ्क एकाउन्टबाट हरायो लाखौँ रुपियाँ

सिलगढी : सिलगढीका एकजना शिक्षक साइबर ठगीको शिकार भएका छन्। सिलगढीको देशबन्धुपाडा निवासी सुधीन सरकारको ब्याङ्क एकाउन्टबाट लाखौँ रुपियाँ हराएको छ। सुधीन सरकारको आरोपअनुसार गत 10 फरवरीमा एकजना व्यक्तिले फोन गरेर स्वयम्‌लाई ब्याङ्क म्यानेजर रहेको परिचय दिँदै एटीएम कार्डको मियाद शेष हुन लागेको बारेमा जानकारी दिनको साथै एटीएम कार्डमा लेखिएको मियादको अन्तिम तारिक पनि बताए। यसपछि कार्डमा लेखेको अन्तिम तारिक र फोनमा बताएको तारिक मेल खाएपछि सुधीरले विश्वास गरेर आफ्नो छोराको कार्ड नम्बर र मोबाइलमा आएको ओटीपी नम्बरको जानकारी उक्त व्यक्तिलाई दिए। यसको केही क्षणमै उक्त व्यक्तिले तिनको ब्याङ्क एकाउन्टबाट 1 लाख 10 हजार रुपियाँ निकालेको बताइएको छ। यसपछि सुधीन सरकारले सिलगढी साइबर क्राइम थानामा यसबारे एउटा अभियोग दर्ता गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *