सिलगढी मतिगढास्थित बालासन नदीमा बेली ब्रिजको निर्माण कार्य युद्धस्तरमा जारी, 1 दिसम्बरदेखि वाहनहरूको चलाचल शुरू

सिलगढीमतिगढास्थित बालासन ब्रीज जोखिमपूर्ण अवस्थामा पुगेपछि यस पुल भएर वाहनहरूको चलाचल हाल बन्द भएपछि यसको बद्लीमा निर्माण भइरहेको बेली ब्रिजको कार्य आगामी 30 नोभेम्बर पुरा हुने पीडब्ल्युडीका अधिकारीहरूले जनाएका छन्। आगामी 1 दिसम्बरदेखि उक्त नयाँ बेली ब्रिज भएर वाहनहरूको चलाचल शुरू हुने भएको छ। स्मरण रहोस्, अधिक वर्षाले गर्दा गत 20 अक्टोबरको दिन बालासन ब्रिजको तीन नम्बर पिलर क्षतिग्रस्त भएपछि उक्त पुल भएर वाहनहरूको चलाचल पूर्ण रूपमा बन्द रहेको छ। उक्त क्षतिग्रस्त ब्रिजको दार्जिलिङका सांसद राजु विष्ट निरीक्षण गरेपछि बालासनमा बेली ब्रिज 25 दिनको अवधिमा निर्माणग गरिने बताएका थिए। यसपछि उक्त बेली ब्रिजको निर्माण कार्य युद्ध स्तरमा चलिरहेको छ भने अब लगभग अन्तिम तयारी पुगेको छ। उक्त ब्रिजमा 10 टन ओजन भएको वाहनहरूलाई मात्र चलाचल गर्ने अनुमति रहेको छ। पीडब्ल्युडी अधिकारीहरूले दिएको जानकारी अनुसार अबको 1 हप्ताको अवधिमा बेली ब्रिजको निर्माण कार्य पुरा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *