सिलगढ़ीमा तीनजना दुष्कृति पक्राउ

सिलगढी : होली पर्वभन्दा ठीक अघि पुलिसले अभियान चलाएर तीनजना दुष्कृतिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा क्रमैले गौतम बर्मन, गोविन्द दास र दीप दासको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका आरोपीहरूलाई जलपाईगढी अदालतमा आज पेश गरियो। आगामी 9 र 10 मार्चमा होली पर्व रहेको हुनाले उक्त दुई दिवसीय कार्यक्रम उचित ढङ्गमा पालन गर्न साथै उक्त दिन कुनै प्रकारको अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासन तत्पर रहेको बताइएको छ। यसको साथै सिलगढी पुलिसको तर्फबाट विशेष सबैमाथि नजर राखिएको छ। यसै क्रममा होलीभन्दा अघि एनजेपी पुलिसले विशेष अभियान शुरू गरेको छ। उक्त अभियान अवधि एनजेपी संलग्न मोड़ बजारबाट तीनजना दुष्कृति पक्राउ गरिएको छ। पुलिस सूत्रले बताएअनुसार होलीसम्म यस पक्रारको अभियान जारी राखिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *