सिलगढीमा टोटो चालक र स्थानीय युवकमाझ हातापाई हुँदा दुईजना घाइते

सिलगढी : टोटो चालक र केही स्थानीय मानिसहरूमाझ भएको हातापाईमा दुईजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज दिउँसो सिलगढीको एयरभ्यू मोड़ नजिक एकजना टोटो चालक टोटो लिएर गइरहेको समय केही स्थानीय मानिसहरूले टोटो रोकेर चालकलाई कुटपीट गरेको आरोप रहेको छ। अर्कोतिर, उक्त स्थानीय मानिसहरूलाई कुटपीट गरेको आरोप उठेको छ। दुई पक्षमाझ झगडा हुँदा एयरभ्यू मोड़मा तनाउको माहौल देखापर्यो। घटनापछि घाइते दुईजना व्यक्तिलाई उद्धार गरेर उपचारको लागि सिलगढी जिल्ला अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर सिलगढी पुलिस अस्पताल पुगे। तथापि, हालसम्म घटनाबारे थानामा अभियोग दर्ता नगरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *