सिलगढीमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई अबदेखि अन लाइन चलान काटिने  

सिलगढी: सिलगढी मेट्रोपलिटनको ट्राफिक विभाग पनि अब डिजिटल हुने भएको छ। यसैले अब कागजहरूको लागि मानिसहरूले कार्यालयहरूको चक्कर लगाउन पर्ने छैन। ट्राफिक नियम पालन नगर्नेहरूलाई अब सोझै अनलाइन चलान काटिने छ। यही उद्देश्य लिएर आज कमिश्नर गौरव शर्माले मेट्रोपलिटनको मैदानमा ट्राफिक विभागका अधिकारीहरूलाई डिजिटल गर्नको लागि पीओएस मशीन प्रदान गरे। उक्त मशीनमार्फत ट्राफिक नियम तोड़नेहरूलाई सोझै अनलाइन मार्फत जरिमाना लगाइने छ। अबदेखि सबै काम अनलाइन मार्फत हुनेछ। हाल सिलगढी मेट्रोपलिटनको ट्राफिक विभागमा धेरै परिवर्तन भइरहेको देखिँदैछ। एकातिर ट्राफिक नियमहरूलाई अझ कठोर गरिँदैछ भने अर्कोतिर, ट्राफिकलाई हरियाली बनाएर मानिसहरूमा पर्यावरणलाई लिएर जागरूकता ल्याउनको लागि डिभाइडरहरूमा फुलका पौधाहरू लगाइँदैछ। यसको साथै सिलगढी सहरलाई जाममुक्त पार्नको लागि पनि ट्राफिक पुलिसले कठोर मेहनत गरिरहेको देखिँदैछ। सिलगढी सहरको ट्राफिक समस्या समाधान गर्न तथा पुलिसको काममा पारदर्शिता ल्याउनको लागि आज कमिश्नर गौरव शर्माले आफ्नै हातले जंक्शन, पानीट्याङ्की, भक्तिनगर, जलपाइगढी मोड़, बाघडुग्रा, एनजेपीसहित विभिन्न ट्राफिक गार्ड तथा ट्राफिक आईसी-लाई पीओएस मशीन प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *