सिलगढीमा ट्रेनको चपेटमा परेर व्यक्तिको मृत्यु

सिलगढी: ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम अब्दुल करीम (47) बताइएको छ। तिनी मुख्य रूपमा मुर्शिदाबाद निवासी हुन् भने कामको सिलसिलामा तिनी हाल मतिगढा भाङ्गापुल इलाकामा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार हिजो साँझ अब्दुल साइकलमा सवार भएर कामबाट घर फर्किने क्रममा बालासन रेलवे ब्रिज पार गर्दा तिनको साइकल रेलवे ट्र्याकमा फँस्यो। ट्र्याकबाट साइकल निकाल्ने क्रममा राधिकापुर ट्रेनको चपेटमा परेर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि जीआरपीको टीम घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। अर्कोतिर, मृतकको परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी गराइएको छ। सिलगढी टाउन जीआरपी घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *