सिलगढीमा तृणमूल कांग्रेसको धरना प्रदर्शन

सिलगढी : रेलवे सहित विभिन्न परिसेवाहरूलाई निजीकरण तथा कोरोना महामारीको समयमा नोकरीविहिन भएका मानिसहरूलाई फेरि नोकरीमा फिर्ता लिनुपर्ने लगायत केही मागहरूलाई लिएर तृणमूल जिल्ला कांग्रेसले आवाज उठाएको छ। तृणमूल जिल्ला कांग्रेसले उक्त मागहरूलाई लिएर आज सिलगढीको हाशमी चोकमा धरना प्रदर्शन गरे। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। उक्त आन्दोलन आगामी 20 सेप्टेम्बरसम्म जारी रहने रञ्जन सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *