सिलगढीमा तृणमूल अनि सीपीआई-(एम) माझ संघर्ष

सिलगढी : सिलगढी नगरनिगम चुनाउभन्दा अगावै तृणमूल कांग्रेस र भारतीय कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूमाझ संघर्ष भएको छ। सिलगढी नगरनिगमको 29 नम्बर वार्डका सीपीआई (एम)-का पार्षद सारदेन्दु चक्रवर्तीले तृणमूल पार्टीले जबरजस्ती एउटा देवल दखल गरेको साथै तृणमूलका केही नेताहरूले धम्की समेत दिएको तिनले आरोप लगाएका छन्। यसको विरोध जनाउँदै पार्षद चक्रवर्तीले आज एउटा विरोध र्‍याली निकालिइने बताए। अर्कोतिर, यसबारे तृणमूल नेता विजय दे-ले आफूहरूमाथि लगाइएको सबै आरोप झुटो रहेको दावी गर्दै उल्टै सीपीआई (एम)-ले देवाल दखल गरेको आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *