सिलगढीमा तृणमूल छात्र परिषद्को स्थापना दिवस पालन

सिलगढी : सिलगढीमा आज तृणमूल छात्र परिषद्को स्थापना दिवसको अवसरमा आज यहाँको कञ्चनजङ्घा स्टेडियममा केक काटेर पालन गरियो। कार्यक्रमको शुरूमा राज्यका पर्यटन मन्त्री गौतम देवले दलीय झण्डा उत्तोलन गरे। यस अवसरमा मन्त्री देवले विगतमा वाम शासनलाई समाप्त गर्नमा जसरी तृणमूल छात्र परिषदले अग्रणी भूमिका निर्वाह गरेको थियो त्यसरी नै आउँदो विधानसभा चुनाउमा पनि तृणमूल छात्र परिषदले भाजपालाई पराजित गर्नमा सहयोग पुर्‍याउनेछ भनी आफू आशावादी रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *