सिलगढीमा तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन

सिलगढी: सिलगढीमा तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन गरियो। राज्यभरिमा झैँ यता सिलगढीमा पनि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयमा झण्डा उत्तोलन गर्नको साथै सहिद वेदीमा माल्यार्पण गरेर स्थापना दिवस पालन गरियो। यस अवसरमा तृणमूल कङ्ग्रेस जिल्ला सभापति पापिया घोष, चेयरम्यान अलोक चक्रवर्ती, जिल्ला प्रवक्ता वेदव्रत दत्त लगायत जिल्लाका अन्य नेतृत्व तथा काउन्सिलरहरू उपस्थित थिए। यसैगरी, जिल्ला कार्यालय लगायत विभिन्न वार्ड तथा ब्लकहरूमा अखिल भारतीय तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *